निर्माणाधीन घरबाट खसेर मजदुरको मृत्यु

भक्तपुर न्यूज

८ माघ २०८१ १३:३३

निर्माणाधीन घरबाट खसेर मजदुरको मृत्यु

काठमाडौं । निर्माणाधीन दुई तले पक्की घरबाट खसेर दाङको तुलसीपुर उपमहानगरपालिका–४ बनहरीमा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–७ नवलपुरका २८ वर्षीय सन्तोष चौधरी रहेको प्रहरीले जनाएको छ ।

बनहरीका सुभान पुनको निर्माणाधीन दुई तले पक्की घरबाट खसेर चौधरी घाइते भएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोद खत्रीका अनुसार हिजो सोमबार साँझ निर्माणाधीन दुई तले पक्की घरबाट खसेर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते भएका चौधरीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खत्रीले बताए । चौधरीको शव पोस्टमार्टमपछि आज मंगलबार आफन्तले बुझेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *