जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश

भक्तपुर न्यूज

७ माघ २०८१ १५:५०

जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले आज सोमबार थुनछेक आदेश दिँदै ५० लाख धरौटीमा छाड्न आदेश दिएका हुन् । अदालतको आदेशसँगै उनी धरौटी बुझाउने प्रक्रियामा छन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *