६.७८ अंक बढ्यो, साढे ६ अर्ब बढीको कारोबार

भक्तपुर न्यूज

७ माघ २०८१ १५:२८

६.७८ अंक बढ्यो, साढे ६ अर्ब बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । साताको दोस्रो कारोबारका दिन सोमबार परिसूचक ६.७८ अंकले बढेर २ हजार ६ सय ७ दशमलव ९९ को विन्दुमा बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.१० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ६ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज ११८ वटा कम्पनीको मूल्य बढेको छ भने ११७ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ८ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ वटा उपसमूहमध्ये आज ८ वटा उपसमूहको परिसूचक बढेको छ भने ५ वटा उपसमूहको परिसूचक घटेको छ ।

आज मानुषी लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.०५ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था, सुपर मादी हाइड्रोपावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज रिभर फल्स पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २४ करोड १ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *