छविराज ओझाले ‘मंगलम २’ बनाउने घोषणा
काठमाडौं । निर्माता छविराज ओझाले चलचित्र ‘मंगलम २’ बनाउने घोषणा गरेका छन् । छविराज र दिजेन्द्र शाक्य मिलेर २०७४ मा प्रदर्शन भएको ‘मंगलम’को सिक्वेल बनाउन लागेका हुन् ।
निर्देशक नवल नेपालले आइतबार निर्माता छविराज ओझासँग लिखित सम्झौता भएको तस्वीर आफ्नो फेसबुकमा सेयर गर्दै ‘मंगलम २’ बन्न लागेको जानकारी गराए । ‘मंगलम’लाई पनि नवलले नै निर्देशन गरेका थिए ।
निर्देशक नेपालले फरक कलाकार र फरक कथामा चलचित्र बन्ने जानकारी दिए । स्क्रिप्ट फाइनल भएपछि कलाकार छनोट गरिने उनको भनाइ छ । चलचित्रको छायांकन आगामी बैशाखबाट सुरु गर्ने लक्ष्य राखिएको छ ।
‘मंगलम’मा अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेल मुख्य भूमिकामा थिए । नीर शाह, मिथिला शर्मा, पृथ्वीराज प्रसाईंको पनि अभिनय रहेको फिल्ममा साम्राज्ञी आरएल शाह गेस्ट अपियरेन्समा देखिएकी थिइन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
