कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

भक्तपुर न्यूज

७ माघ २०८१ ११:४३

कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

काठमाडौं । कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन आज दिउँसो २ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकका लागि पाँचवटा कार्यसूचीमा तय गरिएको छ । अधिवेशन सुरु भएको पहिलो दिन भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूले आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

यस्तै, सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र बाचन गर्नेछन् । त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश हुनेछ । सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेश गर्ने पनि कार्यसूची छ ।

त्यस्तै मुख्य न्यायाधिवक्ताको काम कर्तव्य अधिकार र सेवाको सर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय