अवैध लागूऔषध सहित तीन जना पक्राउ

भक्तपुर न्यूज

६ माघ २०८१ १६:३१

अवैध लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ दिपज्योती डाँडाबाट २ जना र कैलालीको धनगढी उपमहानगरपालिका–१ अस्पताल रोडबाट एक जनालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका–१९ दिपज्योती डाँडाबाट अवैध लागूऔषध गाँजा ११ किलोग्राम सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पर्साको सखुवा पर्सौनी गाउँपालिका–१ दोहोरी बस्ने ४२ वर्षीय सुरेश दास थारू र पर्सागढी नगरपालिका–२ बागबना बस्ने २९ वर्षीय अर्जुन महतो थारू रहेका छन् ।

प्रहरीले नारायणगढबाट रौतहट तर्फ जाँदै गरेको लु १ ख ७३९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा आएका सुरेशलाई ५ किलो ५ सय ६० ग्राम र अर्जुनलाई ५ किलो ४ सय ४० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले धनगढी उपमहानगरपालिका–१ अस्पताल रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने डडेल्धुराको अजयमेरू गाउँपालिका–५ घर भएका २० वर्षीय निरन्जन पन्तलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *