१२.५८ अंकले बढ्यो बजार, कारोबार रकम पनि बढ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आज आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से १२.५८ अंकले बढेर २ हजार ६ सय १ दशमलव २१ विन्दुमा बन्द भएको हो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत बिहीबार ५ अर्ब ९३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड २९ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज १७१ वटा कम्पनीको मूल्य बढेको छ भने ६८ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ वटा उपसमूहमध्ये आज १० वटा उपसमूहको परिसूचक बढेको छ भने ३ वटा उपसमूहको परिसूचक घटेको छ ।
आज बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य १८ हजार २९ रूपैयाँ कायम भएको छ । यस्तै, सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ । सो कम्पनीको शेयरमूल्य यस दिन १६४ रुपैयाँ घटेर १ हजार ४७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २६ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।