कोशीका पूर्वमुख्यमन्त्रीमाथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर निन्दा र भत्र्सना गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहान विज्ञप्ति जारी गर्दैं कांग्रेसले थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको माग सरकारसँग गरेको छ ।
प्रदेश सभापति थापामाथि शनिबार गृहजिल्ला झापामा नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा सुरुङ्गानजिकै केही व्यक्तिहरूले आक्रमण गरेका गरेका थिए । उनको निधारमा चोट लागेको छ ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
