हुम्लामा ट्याक्टर दुर्घटनाः एकको मृत्यु, ३ गम्भीर घाइते
काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–१ होहराबाडामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा ३५ वर्षीय तुल्या बोहरा रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
नुन बोकेर लोतीबाट वडानम्बर १ जाँदै गरेको ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइतेहरूको उद्वारको प्रयास भइरहेको छ । प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
