पूर्वडीआईजी जोशी अदालतमा उपस्थित
काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप लागेका जोशी आज आइतबार अदालतमा उपस्थित भएका हुन् ।
यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको थियो । उनी यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
