पूर्वडीआईजी जोशी अदालतमा उपस्थित

भक्तपुर न्यूज

६ माघ २०८१ ११:२४

पूर्वडीआईजी जोशी अदालतमा उपस्थित

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप लागेका जोशी आज आइतबार अदालतमा उपस्थित भएका हुन् ।

यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको थियो । उनी यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *