नेपालकी सुनमायाले जितिन् हङकङ १०० को उपाधि

भक्तपुर न्यूज

६ माघ २०८१ १०:४१

नेपालकी सुनमायाले जितिन् हङकङ १०० को उपाधि

काठमाडौं । नेपाली ट्रेल रनर सुनमाया बुढाले कोर्स रेकर्ड बनाउँदै हङकङ १०० को उपाधि जितेकी छन् । जुम्लाकी सुनमायाले शनिबार सम्पन्न दौडमा १०३ किलोमिटर दूरी ११ घन्टा ११ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै कोर्स रेकर्डसहित उपाधि जितेकी हुन् ।

उनले पाँच वर्षअघि जियाङ फुजाओले बनाएको ११ घन्टा २८ मिनेट २१ सेकेन्डको कोर्स रेकर्ड तोडेकी छन् ।

हङकङकी धाविका भेरोनिका लेङ १ घन्टा २५ मिनेट २२ सेकेन्डसाथ दोस्रो भइन् भने भियतनामकी हाउ हा थी १२ घन्टा ९ मिनेट ३७ सेकेन्डसहित तेस्रोमा भइन् ।

यही दौडअन्तर्गतकै हाफ (५६ किलोमिटर) स्पर्धामा अघिल्लो दिन शुक्रबार सुनमायाकी बहिनी राममाया बुढाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णपदक हात पारेकी थिइन् । उनले पाँच घन्टा ३४ मिनेटमा दूरी पार गर्दै चीनकी झोउ रुइफाङको कोर्स रेकर्ड तोड्दै सफलता हासिल गरेकी थिइन् ।

जापानकी नम्बर १ ट्रेल रनर युरो योसिजुमी पाँच घन्टा ५८ मिनेटसाथ दोस्रो भइन् भने चीनकी याङ यान ६ घन्टा १३ मिनेटमा दूरी पार गर्दै तेस्रोमा भइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *