कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ देखि
काठमाडौं । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ मा सुरु हुने भएको छ ।
कोशी प्रदेश सरकारको आज बिहान बसेको बैठकले माघ ७ गतेबाट प्रदेशको हिउँदे अधिवेशन बोलाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकले माघ ७ को दिउँसो २ बजे प्रदेश सभाको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।
सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले बैठकको आह्वान गर्नेछन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
