लगानीको वातावरण नबनेसम्म देशमा समृद्धि असम्भव : प्रेम सुवाल
भक्तपुर । प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले लगानीको वातावरण नबनेसम्म देशमा समृद्धि असम्भव हुने बताएका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघको ३७ औं साधारण सभाको उद्घाटन गर्दै उनले लगानीको वातावरण नबनेसम्म रोजगारी सृजना नहुने र रोजगारीको राम्रो व्यवस्था नभएसम्म मलुकको समृद्धि असम्भव भएको दाबी गरे । त्यही कारण उद्योगमा लगानी गर्ने वातावरण बनाउन सरकारसँंग उनले विशेष आग्रह गरे ।
उनले देशलाई युवा शक्तिको खाँचो रहेको अवस्थामा युवाहरुलाई विदेश पलायन गर्दा देशको अर्थतन्त्र डामाडोल भएको बताउँदै यसप्रति उद्योग व्यवसायीहरु सजग बन्नु पर्ने बताए ।
उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरु विदेश पलायन हुँदा देशका करीब ५०० वटा बढी कलेज बन्द हुने अवस्थामा रहेको बताउँदै सुवालले विद्यार्थीहरुलाई यही गुणस्तरीय शिक्षा र रोजगारी दिने वातावरण सरकारले गर्नु पर्नेमा जोड दिए ।
कृषिमा परनिर्भर रहेको नेपाललाई सरकारले कृषिप्रधान देश भनेर घोषणा गर्नु हास्याँपद रहेको बताउँदै उनले भारतले नेपालमा कृषिउपज पठाउँदा सस्तो भन्सार दर कायम गरिदिँदा नेपाली किसानहरु मारमा परेको बताए । उनले भारतले नेपालको गुणस्तरीय र नापतौललाई नमानेर नेपालको निर्यातलाई अवरोध गरी रहेको बताउँदै यसमा पनि सरकारकै कमजोरी रहेको बताए ।
उनले ५०० वटा भन्दा बढी खोला नै नभएको जलविद्युत् आयोजनाहरुको शेयर बिक्री गरेर व्यापारीहरु मोटाएको र जनता ठगीएको बताउँदै कमल पोखरी मासेर छाँयादेवी कम्प्लेक्स बनाएको र कम्प्लेक्सकै आईपीओ जारी गर्न लागेको भन्दै बिरोध गरे ।
उनले स्थानीय तहले विश्वविद्यालय चलाउन नपाउने, राजनीतिक भागवण्डामा डिन लगायतको पदहरु नियुक्त गर्न नपाउने र विश्वविद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गर्न नपाउने भएपछि सरकारले ख्वप विश्वविद्यालयलाई मान्यता दिन आनाकानी गरेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जार, वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, सचिव नविन प्रजापतिलगायतले देशमा लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए ।
साधारणसभामा वितरण गरिएको सम्मान :
जनकदेवी राजभण्डारी छात्रवृत्ति कोषबाट छात्रवृत्ति
शान्ति निकेतन माध्यमिक विद्यालय
बिनिता माझी कक्षा ६
अञ्जली तामाङ कक्षा ७
सञ्जिता चौधरी कक्षा ८
भीम आदर्श आधारभूत विद्यालय
रेणु यादव कक्षा २
इशाक लामा कक्षा ४
सुशिला कार्की कक्षा ६
स्व. शिवभक्त सुकुपायोको स्मृति शिक्षा कोषबाट छात्रवृत्ति
गणेश माध्यमिक विद्यालय
आकाश वैद्य कक्षा ९
सुष्टिका प्रजापति कक्षा १
श्री सरस्वती माध्यमिक विद्यालय, सूर्यविनायक–९
सुजाता तामाङ कक्षा ९
आकांक्षा तामाङ कक्षा १
श्री पद्मा माध्यमिक विद्यालय
यसु सुवाल कक्षा ८
हिना राज कक्षा ७
उत्कृष्ट निर्यातकर्ताहरुको सम्मान
भारततर्फ
श्री रिजन एण्ड श्रीजन पस्मिना प्रथम
श्री सिद्धि गणेश तरकारी तथा प्रशोधन दोस्रो
तेस्रो मुलुकतर्फ
श्री प्रधानांग एपेरियल्स इन्डष्ट्रिज प्रालि प्रथम
श्री नेपाल ह्याण्ड निट दोस्रो
श्री हिमालयन बायो ट्रेड प्रा.लि. तेस्रो
कला संस्कृति विकास कोषबाट सम्मान
भक्तपुर नगरपालिका वडा नं. १, भार्वाचोस्थित गण्ेश दाफा भजन
खेलकुद विकास कोषबाट सम्मान
पलेसा गोवर्धन, पारा तेक्वान्दो
सनम मुलगुठी, शारीरिक सुगठन