सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतमा रविसहित सबै प्रतिवादीको बहस सकियो
काठमाडौं । जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीतर्फका वकिलको बहस सकिएको छ । केही समयअघि रास्वपाका सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको अदालत स्रोतले बताएको छ ।
प्रतिवादीका तर्फबाट वकिलहरु रामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए । बहस सकिएलगत्तै न्यायाधीश नितिज राईको इजलासमा जाहेरवालाको तर्फबाट बहस सुरु भएको अदालत स्रोतले जनाएको छ । उनीहरुको बहस सकिएपछि सरकारी वकिलको पालो आउनेछ ।
सरकारी वकिलको बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने अदालतले आदेश दिनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३