भूकम्पबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिब्बतमा मंगलबार बिहानको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरुका परिवारजनमा समवेदना प्रकट गरेका छन्।
साथै उनले भूकम्पमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। उनले गहिरो शोकको यो घडीमा नेपाल सरकार चीन सरकार र त्यहाँका जनताका साथमा रहेको उल्लेख गरेका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
