नगदेश डोजोले जित्यो जिल्ला व्यापी करातेको उपाधि
भक्तपुर । भक्तपुर जिल्लाव्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले जितेको छ । भक्तपुर जिल्ला सितोरियो कराते संघको आयोजनामा भक्तपुर जिल्ला व्यापी प्रतियोगिताको ९ स्वर्ण ३ कांस्य र २ रजतका साथ नगदेश डोजोले जितेको हो ।
प्रतियोगितामा ४ स्वर्ण ७ कांस्य र ७ रजतका साथमा भक्तपुर मेन डोजो दोस्रो भएको छ भने २ स्वर्ण ५ रजत र ४ कांस्यका साथ भक्तपुर नगरपालिका डोजो तेस्रो भएको छ ।
प्रतियोगितामा उदयमान खेलाडीको उपाधि भने एस एस सदनका प्रसून थापा र मदरल्याण्डकी बिपना तसिजुले हात पार्न सफल भएका थिए ।
उत्कृष्ट खेलाडी तर्फ भने नगदेशका विष्णु थापा र झौखेलकी रुविना सुलुले हात पारेका थिए ।
विजयी खेलाडीहरुलाई बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले पुरस्कृत गरे । खेलको उद्घाटन प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले गरेका थिए ।
चाँगुनारायण नगरपालिकाको प्रयोजन रहेको उक्त खेलमा २५ टिमको सहभागिता रहेको सितोरियो कराते संघ भक्तपुरका अध्यक्ष राजन चित्रकारले जानकारी दिए । उनका अनुसार जिल्ला भरका २५ डोजोबाट ३२५ खेलाडी सहभागी रहेका थिए ।
तौल समूह अनुरूप खेलाइएको उक्त खेलमा २० केजी देखि ६० प्लस केजी तौल समूहसम्म पुरुष तथा २० केजी तौलदेखि ५५ केजी तौल सम्म महिला गरी १९ खेल यस्तै महिला तथा पुरुष काता तथा महिला पुरुष टिम काता समेत खेलमा समावेश भएको संघका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीले जानकारी दिए ।
खेल डब्ल्यु केएफ, एकेफ र एनकेएफको नियम अनुसार खेल खेलाइएको त्वातीले जानकारी दिए ।