चीनमा भूकम्पबाट अहिलेसम्म ५३ जनाको मृत्यु, ६२ घाइते

भक्तपुर न्यूज

२३ पुष २०८१ ११:१४

चीनमा भूकम्पबाट अहिलेसम्म ५३ जनाको मृत्यु, ६२ घाइते

काठमाडौं । चीनमा मङ्गलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ ।

सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मङ्गलबार नेपाली समयअनुसार बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पबाट ६२ जना घाइते भएको सिन्ह्वाले जनाएको छ । साथै, भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *