बुद्ध एयरको विमानमा समस्या देखिएपछि डाइभर्ट
काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एअरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’ गरिएको छ । उडे लगत्तै उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो ।
विमानस्थल स्रोतकाअनुसार बिहान १०:३८ मा काठमाडौंबाट उडेको थियो । आधा बाटोमा पुगिसकेको विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि ११:१५ बजे त्रिभुवन विमानस्थलमा ‘डाइभर्ट’ गरिएको हो । सोहीकारण केहीबेर आन्तरिक तथा बाह्य विमानहरुलाई होल्ड गराउनु परेको थियो ।
केही समय समस्या भएपनि यात्रुलाई अब अर्को विमानमार्फत सुरक्षित रुपमा भद्रपुर पठाउने तयारी गरिएको विमानस्थल स्रोतले बताएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
