बुद्ध एयरको विमानमा समस्या देखिएपछि डाइभर्ट
काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एअरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’ गरिएको छ । उडे लगत्तै उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो ।
विमानस्थल स्रोतकाअनुसार बिहान १०:३८ मा काठमाडौंबाट उडेको थियो । आधा बाटोमा पुगिसकेको विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि ११:१५ बजे त्रिभुवन विमानस्थलमा ‘डाइभर्ट’ गरिएको हो । सोहीकारण केहीबेर आन्तरिक तथा बाह्य विमानहरुलाई होल्ड गराउनु परेको थियो ।
केही समय समस्या भएपनि यात्रुलाई अब अर्को विमानमार्फत सुरक्षित रुपमा भद्रपुर पठाउने तयारी गरिएको विमानस्थल स्रोतले बताएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
१९ जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
१९ जेठ २०८२ १२:२९
आज सोमबार सुन तोलामा एक हजार रुपैयाँ वृद्धि
१९ जेठ २०८२ १४:२७
विश्व बैंकद्वारा विद्युत् र सिँचाइका लागि ऋण स्वीकृत
१९ जेठ २०८२ १३:४१