‘पुष्पा २’ बन्यो भारतमा सबभन्दा धेरै कमाइ गर्ने फिल्म
काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार ‘पुष्पा २’ ले ३२ दिनमा १३५२ करोड भारू कमाएको छ।
‘पुष्पा २’ भारतमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। यसले ‘बाहुबली २’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। ‘बाहुबली २’ ले भारतमा १३४७ करोड भारू कमाएको थियो। सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।
सूची यस्तो छ:
१) पुष्पा २- १३५२ करोड भारू (३२ दिन)
२) बाहुबली २- १३४७ करोड भारू
३) केजिएफ च्याप्टर २- ९८७ करोड भारू
४) जवान- ७५४ करोड भारू
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
