अस्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

भक्तपुर न्यूज

२१ पुष २०८१ ११:४४

अस्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । भारतीय टिमले सिड्नी टेस्टमा अस्ट्रेलियासँग ६ विकेटले हारेसँगै विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्न असफल भएको छ।

जितसँगै अस्ट्रेलिया भनेलगातार दोस्रो पटक फाइनलमा प्रवेश गर्‍यो। यो हारेसँगै भारतले बोर्डर-गावस्कर ट्रफीसमेत ३-१ ले पराजित भयो। अस्ट्रेलियाले भारतलाई यो सिरिजमा १० वर्षपछि पराजित गरेको हो। यसअघि कंगारु टोलीले २०१४-१५ मा बोर्डर-गावस्कर ट्रफी जितेको थियो।

आइतबार पाँचौँ तथा अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई १ सय ६२ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य अस्ट्रेलियाले तेस्रो दिनको दोस्रो पारीमानै ४ विकेट गुमाएर पुरा गरेको थियो। अस्ट्रेलियाका लागि ट्रेविस हेड ३४ र बेउ वेबस्टार ३९ रनमा अविजित रहे। यी दुई बाहेक उस्मान ख्वाजाले ४१ रन बनाउँदा साम कोन्स्टासले २२ रन बनाएका थिए। भारतका लागि प्रसिद्ध कृष्णाले ३ विकेट लिए। त्यसअघि भारतीय टिम दोस्रो इनिङमा १ सय ५७ रनमा अलआउट भएको थियो।

त्यसअघि अस्ट्रेलिया पहिलो इनिङमा १ सय ८१ रन बनाउँदा भारतले १ सय ८५ रन बनाएर पहिलो इनिङमा ४ रनको अग्रता बनाएको थियो। प्रतियोगितामा म्यान अफ द सिरिज जसप्रित बुमराह भएका थिए।

यो हारसँगै भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलबाट बाहिरिएको छ। अस्ट्रेलिया भने लगातार दोस्रो पटक विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भयो। भारतको ५० प्रतिशत अंक हुँदा अस्ट्रेलियाको ६३.७३ प्रतिशत अंक भएको छ। विश्व टेस्ट च्याम्पियनसिपमा दक्षिण अफ्रिकाले यसअघिनै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *