ईप्सन भक्तपुरको अध्यक्षमा जी.बी. खड्का
भक्तपुर । एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन भक्तपुर) को अध्यक्षमा जी.बी. खड्का चयन भएका छन् ।
पाँचौं अधिवेशनबाट क्वालिटी अंग्रेजी माध्यमिक बिद्यालयका संस्थापक प्रिन्सिपल खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो ।
ईप्सनको उपाध्यक्षमा सुर्योदय सेकेण्डरी स्कुलमा प्रिन्सिपल विजय कर्माचार्य, सचिवमा पारिजात बिद्याकुञ्जका प्रिन्सिपल विक्रम थापा, सहसचिवमा ग्लोवल एकेडेमीका प्रिन्सिपल के.वी. ङाखुसी र कोषाध्यक्षमा हिमाल एकेडेमीका प्रिन्सिपल प्रदिप थापा चयन भएका छन् ।
त्यसैगरी, सदस्यमा मदरल्याण्ड ईङ्गलिस स्कुलका प्रिन्सिपल संजय खड्का, ईडेन गार्डेन ईङ्गलिस स्कुलका प्रिन्सिपल जय प्रकाश राई, सेन्ट जोन्स ईङ्गलिस स्कुलका प्रिन्सिपल देवदत्त भट्ट, बिमल मेमोरियल बिद्यापिठका प्रिन्सिपल कुमार थापा मगर, युनिटी ईङ्गलिस स्कुलका प्रिन्सिपल बिपीन गुमाञ्जु र नगरकोट सनराईजका प्रिन्सिपल सुर्य घिसिङ्ग चयन भएका छन् ।
एउटै पाठ्यक्रम तथा पाठ्यपुस्तक मार्फत संयुक्त परीक्षा संचालन, शिक्षक सशक्तिकरण कार्यक्रमहरु, विद्यार्थीहरुका लागि अतिरिक्त कृयाकलाप कार्यक्रम आदि संचालन गर्दै यो संस्था वि.सं.२०५७ मा स्थापना भएको थियो ।