भारतको स्टिल प्लान्टमा आगलागी हुँदा चार जनाको मृत्यु

भक्तपुर न्यूज

१७ पुष २०८१ १४:२०

भारतको स्टिल प्लान्टमा आगलागी हुँदा चार जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा मंगलबार अबेर राति एउटा स्टिल प्लान्टमा आगलागी हुँदा चार कामदारको मृत्यु भएको छ भने एक जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । घटना राज्यको सूरत जिल्लाको हाजिरा औद्योगिक क्षेत्रमा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल प्लान्टमा भएको हो ।

स्टील प्लान्टका प्रवक्ताले भने, ‘घटना उपकरणको विफलताको कारण भएको हो ।’

‘हामीले थाहा पाएका छौं कि प्लान्टको एक भागमा कोइला जलाउँदा अचानक आगो फैलियो। परिणामस्वरूप आगोले प्लान्टमा लिफ्टमा रहेका चार मजदुरको मृत्यु भयो,’ सुरतका पुलिस आयुक्त अनुपम सिंह गहलोतले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *