अमेरिकामा इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद
काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी ‘फेडरल ब्युरो अफ इन्भेस्टिगेशन’ (एफबीआई) ले इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद गरेको छ ।
भर्जिनियामा छापा मार्ने क्रममा एक सय ५० वटा बम बरामद गरेको एफबीआईले जनाएको छ । यो अमेरिकाको इतिहासमा बरामद भएका अहिलेसम्मकै सबैभन्दा धेरै विस्फोटक पदार्थ हुन् ।
आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई गएको डिसेम्बर १७ मा पक्राउ गरेर अनुसन्धान थालिएको बीबीसीले जनाएको छ । एफबीआईले हतियार र गोलाबारुद सङ्कलन गरिरहेको जानकारी पाएपछि उनलाई पछ्याएको थियो ।
अनुसन्धानका क्रममा अभियुक्तको घरमा नो लाइभ्स म्याटर लेखिएको झोला पाएको र यस्तो झोला अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधीको सन्दर्भमा प्रयोग गरिने अनुसन्धानकर्ताले बताएका खबरमा उल्लेख छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३