भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला

भक्तपुर न्यूज

१७ पुष २०८१ १३:०२

भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला

काठमाडौं । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच सदस्य एक होटलमा मृत फेला परेको स्थानीय प्रहरीले पुष्टि गरेको छ । घटना राज्यको राजधानी लखनउको हो । मृतक बालबालिका ९ तथा १६ वर्षका रहेका छन् ।

प्रहरीका अनुसार मृतक बालबालिकाका भाइलाई पक्राउ गरिएको छ । घरायसी विवादका कारण हत्या गर्न उनले मृतकको हातखुट्टा काटेको आरोप छ । परिवार लखनउबाट करिब ३५० किलोमिटर टाढा आगरा सहरबाट आएको तथा सोमबार होटलमा चेक इन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *