बंगलादेशमाथि प्रतिबन्ध लगाउन अमेरिकी सांसदको माग

भक्तपुर न्यूज

१७ पुष २०८१ १२:५५

बंगलादेशमाथि प्रतिबन्ध लगाउन अमेरिकी सांसदको माग

काठमाडौं । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका सदस्य श्री थानेदारले बंगलादेशमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।

बंगलादेशको अन्तरिम सरकारले हिन्दूलगायत अल्पसङ्ख्यक समुदायको सुरक्षा प्रत्याभूति गर्न असफल भएको भन्दै थानेदारले अमेरिकाको विदेश मन्त्रालय र अर्थ मन्त्रालयले बंगलादेशमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका हुन् ।

अमेरिकामा बसोबास गर्ने बंगलादेशी मूलका हिन्दू समुदायले क्यापिटोल हिलमा आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै कंग्रेसम्यान थानेदारले यस्तो माग गरेका हुन् । उनले बंगलादेशका अल्पसङ्ख्यक समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्न समेत अन्तर्राष्ट्रिय नेताहरुलाई आह्वान गरे ।

विद्यार्थी आन्दोलनसँगै प्रधानमन्त्री शेख हसिनाले पद त्याग गरेपछि बंगलादेशमा अन्तरिम सरकार गठन भएसँगै त्यहाँ इस्लामिक अतिवाद बढ्दै गएकोमा चिन्ता उत्पन्न भएको छ । त्यसबाहेक बंगलादेशमा हिन्दू लगायत अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी आक्रमणका घटना पनि बढ्दै गएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *