पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । त्यस्तै बुधबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको छ । मंगलबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो। तराई तथा काठमाडौं उपत्यका धेरै स्थानमा बिहीबार बिहान हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२१ जेठ २०८२ ८:५५
आंशिक बदली रही देशभर हल्का वर्षाको सम्भावना
२१ जेठ २०८२ ८:५६
गण्डकीमा राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगन
२५ जेठ २०८२ १६:५४