ललितपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । ललितपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-१८ मगरगाउँस्थित सडकमा बा.२ ख ३१०२ नम्बरको माइक्रोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएकी ३५ वर्षीया गोमा मगरको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त माइक्रोले रोकी राखेको बा.७ च ५९८७ नम्बरको बोलेरो गाडी र पैदलयात्रीलाई समेतलाई ठक्कर दिई दुर्घटना भएको थियो। माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२१ जेठ २०८२ ८:५५
आंशिक बदली रही देशभर हल्का वर्षाको सम्भावना
२१ जेठ २०८२ ८:५६
गण्डकीमा राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगन
२५ जेठ २०८२ १६:५४