नाबालिका बलात्कार गरेको आरोपमा धनकुटाबाट एक जना पक्राउ

भक्तपुर न्यूज

१६ पुष २०८१ १५:१३

नाबालिका बलात्कार गरेको आरोपमा धनकुटाबाट एक जना पक्राउ

काठमाडौं । प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनकुटाबाट एक जनालाई पक्राउ परेका छन् । चौबिसे गाउँपालिका–२ का २५ वर्षीय मेखबहादुर लिम्बू पक्राउ परेका हुन् ।

लिम्बूले ती बालिकालाई फकाएर चौबिसे–६ कै राजारानीस्थित होटेलमा लगेर पुस ८ गते बलात्कार गरेको उजुरीका आधारमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *