खुर्सानीको बोराभित्र लुकाएर लागूऔषध ओसारपसार गर्ने एक जना पक्राउ
काठमाडौं । वीरगञ्ज महानगरपालिका-१६ भन्सार ईलाकामा खुर्सानीको बोराभित्र लुकाएर लागूऔषध ओसारपसार गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बहुदमाई गाउँपालिका-३ नगरदाहा बस्ने अन्दाजी ३६ वर्षिय मिश्री राम रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले नियन्त्रणमा लिएको हो।
भारतबाट पैदल आउँदै गरेका उनले टाउकोमा बोकी ल्याउँदै गरेको हरियो खुर्साको बोराभित्र लुकाई छिपाई राखेको डाईजापाम ४ सय ९० एम्पुल, बुप्रेनोर्फिन ४ सय ९९ एम्पुल, नोफिन २ सय ९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराईड ईन्जेक्सन ४ सय ९७ एम्पुल फेला पारेको हो।नियन्त्रणमा लिएका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२१ जेठ २०८२ ८:५५
आंशिक बदली रही देशभर हल्का वर्षाको सम्भावना
२१ जेठ २०८२ ८:५६
गण्डकीमा राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगन
२५ जेठ २०८२ १६:५४