घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ७६५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ७९० रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
