मोरङमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
काठमाडौं । घाँस दाउराका लागि जंगलमा गएकी सुन्दरहरैँचाकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बू रहेकी छन् ।
चन्द्रकला सोमबार घाँस दाउराका लागि जंगलमा गएकी थिइन् । साँझसम्म घर नआएकी चन्द्रकलालाई आज बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
