ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेस्डरमा दीपेन्द्र सिंह ऐरी नियुक्त

भक्तपुर न्यूज

१५ पुष २०८१ १५:१३

ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेस्डरमा दीपेन्द्र सिंह ऐरी नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरी ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ओमोडा एन्ड जेइकोका लागि नेपालको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले दीपेन्द्रलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो।

कार्यक्रममा दीपेन्द्रलाई ओमोडा इ–फाइभ गाडी पनि हस्तान्तरण गरिएको छ। केही दिनअघि सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)मा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका दीपेन्द्रले ओमोडा इ–फाइभ गाडी पुरस्कार पाएका थिए। एनपिएलमा दीपेन्द्रले सुदूरपश्चिम रोयल्सको कप्तानी गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै दीपेन्द्रले ओमोडा एन्ड जेइकोसँग जोडिन पाउँदा खुसी लागेको बताए। उनले भने, ‘किफायती मूल्यमा अत्याधुनिक सुविधाहरू भएको फ्यूचरिस्टिक इभी यो सेगमेन्टमा नै उत्कृष्ट र बेजोड छ। इनोभेसन (नवप्रवर्तन) र फ्यूचरिस्टिक टेक्नोलोजिमा अग्र रहँदै इभी बजारमा उल्लेखनीय सफलता हासिल गरेको ब्रान्ड ओमोडा एन्ड जेइकोसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु।’

कार्यक्रममा शारदा ग्रुपका अध्यक्ष शिव रतन शारदा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा, नेपाल क्रिकेट संघका पदाधिकारीहरूलगायत उपस्थित थिए।

दीपेन्द्रलाई गाडीको साँचो हस्तान्तरण गर्दै एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने,’आफ्नो कुशलता र पर्फमेन्समा सदैव उच्चतस्तरको लगाव राख्ने दीपेन्द्र सिंह ऐरीजस्ता उदाउँदा युवा खेलाडीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर नियुक्त गर्न पाउँदा हामी गौरवान्वित महसुस गर्दछौँ।’

ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह-प्रायोजक रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *