माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

भक्तपुर न्यूज

१५ पुष २०८१ १५:०९

माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा उनीहरुबीच भेटवार्ता भएको हो ।

पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताबीच वार्ता चलिरहेको छ । नेकपा एकता राष्ट्रिय अभियानले एकीकृत समाजवादीसँग एकता गर्न वार्ता समिति गठन गरेको थियो । आजको भेटमा उनीहरुबीच एकताको प्रगति विवरणबाट छलफल भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय