रौतहटमा सात घरमा भीषण आगलागी, ८ लाख बढीको क्षति

भक्तपुर न्यूज

१५ पुष २०८१ १३:४०

रौतहटमा सात घरमा भीषण आगलागी, ८ लाख बढीको क्षति

काठमाडौं । रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा गए राति भीषण आगलागी भएको छ। लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएको आगोले सात वटा घर जलेर नष्ट भएका छन् । राजदेवी नगरपालिका–५ पताही बस्ने जगतनाथ पासवानको फुसले छाएको घरमा नजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो।

आगलागी बाट बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्तिदेवी पासवान र प्रदीप पासवान, लगायत सात जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट ८ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले खबरहबलाई जानकारी दिए ।

आगलागीको खबरपछि बीओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहाको कमाण्डमा १० जना, प्रहरीचौकी वसन्तपुरबाट असई रामलगन दासको कमाण्डमा ५ जनाको टोली, गौर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *