साउथ अफ्रिका वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा

भक्तपुर न्यूज

१५ पुष २०८१ ११:०२

साउथ अफ्रिका वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । साउथ अफ्रिकाले पाकिस्तानलाई सेंचुरियन टेस्टमा २ विकेटले हराएको छ। यसका साथै साउथ अफ्रिकाले वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षितसमेत गर्‍यो। १४८ रन को टारगेट पछ्याएको घरेलु टोलीले ९९ रनमा ८ विकेट गुमाइसकेको थियो। तर, कगिसो रबाडा र मार्को यानसनले ५० को साझेदारी गरेर टोलीलाई रोमाञ्चक जित दिलाए।

टेस्टको चौथो दिन आइतबार साउथ अफ्रिकाले २७/३ को स्कोरबाट खेल्न शुरू गरेको थियो । ऐडन मार्करम ३७ रन बनाएर आउट भए । उनीपछि बावुमा टिके । उनले ४० रन बनाए । तर, टोलीले ९६ रनमा ५ विकेट गुमाउन पुग्यो । यहीँ उनीहरूलाई ५२ रनको आवश्यक थियो ।

४ विकेट लिइसकेका मोहम्मद अब्बासले डेविड बेडिंघम र कोर्बिन बाँसलाई पभेलियन फर्काए । यसैबीच नसीम शाहले काइल वेरियनलाई बोल्ड गरेर हेर्दा हेर्दै ९९ रनमा ८ विकेट लिइसकेका थिए। अब, पाकिस्तानले जित्नमात्र २ विकेट लिए पुग्थ्यो । तर, रबाडा र यानसनले पाकिस्तानको मनसायलाई सफल पार्न दिएनन्।

दुवैले पहिला सम्हालिएर ब्याटिङ गरे । उनीहरूले खराब बललाई मात्रै खेल्न थाले। रबाडाले ३० र यानसनले १६ रन बनाएर टोलीलाई जित दिलाएका थिए । पाकिस्तानको लागि मोहम्मद अब्बासले ६ विकेट लिए। १–१ विकेट नसीम और खुर्रम शहजादलाई प्राप्त भयो । आमेर जमालले कुनै विकेट लिन सकेनन्। तर, उनले एक ओभरमा मात्र ११ रन खर्चेका थिए।
साउथ अफ्रिका फाइनलमा यसरी पुग्यो

पाकिस्तानलाई पहिलो टेस्टमा हराएर वर्ल्ड टेस्ट च्याम्पियनसिपको हालिय चक्रमा साउथ अफ्रिकाले सातौं जित दर्ता गरेको हो। टोली ८८ अंकका साथ पहिलो स्थानमा रहेको छ। ६६.६७ प्रतिशत अंक भएकोले दोस्रो टेस्ट हारे पनि यो घटेर ६१.११ प्रतिशत अंक हुनेछ। यस्तोमा साउथ अफ्रिकाको शीर्ष २ स्थान सुरक्षित नै हुने भएकोले वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल खेल्ने भएको हो।
साउथ अफ्रिकासँग खेल्न भारत, अस्ट्रेलिया र श्रीलंकाबिच होड चलिरहेको छ। यसमा अस्ट्रेलियामात्रै साउथ अफ्रिकाभन्दा माथि जान सक्नेछ। भारत र श्रीलंकाले भने सबै खेल जिते पनि साउथ अफ्रिकालाई पछि पार्न सक्दैनन्। भारत र अस्ट्रेलियाबिच टेस्ट सिरिज जारी छ। हाल चौथो टेस्ट भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *