ट्रम्पले महान्यायाधिवक्ता बनाउन खोजेका व्यक्तिमाथि लाग्यो गम्भीर आरोप

भक्तपुर न्यूज

९ पुष २०८१ १२:०६

ट्रम्पले महान्यायाधिवक्ता बनाउन खोजेका व्यक्तिमाथि लाग्यो गम्भीर आरोप

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका पूर्वसांसद म्याट गेट्समाथि आफ्नो कार्यकालमा यौन र लागुऔषधमा हजारौँ डलर खर्च गरेको आरोप लागेको छ । अमेरिकी प्रतिनिधि सभाको आचार समितिको प्रतिवेदनमा गेट्सविरुद्ध यी आरोप लगाइएको हो ।

बीबीसीकाअनुसार अवैध लागुऔषधसहित म्याट गेट्सविरुद्ध अन्य आरोपमा पनि अनुसन्धान गरिएको छ । गेट्स तिनै व्यक्ति हुन्, जसलाई नवनिर्वाचित राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ताको रूपमा मनोनयन गरेका थिए । तर, विवादित भएपछि उनले महान्यायाधिवक्ता मनोनयनबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

आचार समितिले ४२ वर्षीय गेट्सले २०१८ बहामास भ्रमणका क्रममा अनुमति दिइएको सीमाभन्दा बढी उपहार लिएको प्रमाण पनि फेला पारेको छ । तर, गेट्सले आफूलाई लागेका आरोप सधैँ अस्वीकार गर्ने गरेका छन् । रिपोर्टमा उनले २०१७-२०२० को बीचमा १२ महिलालाई ९० हजार डलरभन्दा बढी भुक्तानी गरेको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *