एनपीएलका विजेता जनकपुर बोल्ट्स टिम जनकपुरधाम जाने

भक्तपुर न्यूज

९ पुष २०८१ ११:०६

एनपीएलका विजेता जनकपुर बोल्ट्स टिम जनकपुरधाम जाने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का विजेता जनकपुर बोल्ट्स टिम बिहीबार जनकपुरधाम जाने भएको छ ।

जनकपुर बोल्ट्स टिम बिहीबार साँझ जनकपुरधाम जाने र शुक्रबार रजौलस्थित रामजानकी स्टेडियमबाट खेलाडीहरूको सम्मानमा नगर परिक्रमा गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु)ले जानकारी दिए ।

उनले सोही साँझ जानकी मन्दिरमा ट्रफीसमेत प्रदर्शन गरिने बताए । खेलाडीहरूको सम्मानमा बाजागाजासहितको टोली जनकपुरधाम विमानस्थल पुग्ने छ । जिल्ला क्रिकेट संघले टोलीलाई भव्य स्वागतसहित नगर परिक्रमा गराउने जनाएको छ ।

टिमलाई स्वागत तथा सम्मान गर्न जानकी मन्दिर, राजदेवी मन्दिर, युवा क्लबहरू, प्याबसन, एनप्याबसन धनुषा र उद्योग वाणिज्य संघ धनुषालगायत विभिन्न संघ संस्थाले तयारी गरेको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको एनपीएल प्रतियोगिताको विजेता जनकपुर बोल्ट्स टिम बनेको छ ।

जनकपुर बोल्ट्सले शनिबार काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा भएको एनपीएलको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सको टिमलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *