एमालेको सचिवालय बैठक बुधबार बस्ने
काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
बुधबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो ।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी र कार्यसूची, संगठन विस्तार योजना, सरकारका कामकारबाही र समसामयिक राजनीतिबारे छलफल गरिने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
