एक हजार एक सयले बढ्यो सुनको मूल्य

भक्तपुर न्यूज

७ पुष २०८१ १२:१८

एक हजार एक सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार एक सय र चाँदी प्रतितोला तीस रूपैयाँले बढेको हो ।

गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ४९ हजार छ सय रूपैयाँ महासंघले जनाएको छ ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *