नेपाललाई ९ विकेटले हराउँदै बंगलादेश फाइनलमा

भक्तपुर न्यूज

५ पुष २०८१ १५:४१

नेपाललाई ९ विकेटले हराउँदै बंगलादेश फाइनलमा

काठमाडौं । एसीसी महिला यू–१९ एसिया कप अन्तर्गत सुपर ४ को अन्तिम खेलमा नेपाललाई ९ विकेटले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा नेपालले दिएको ५५ रनको सामान्य लक्ष्य बंगलादेशले ९.५ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।

बंगलादेशको जितमा फाहोमिदा छोयाले नटआउट २६ र मोहम्मद इभाले १८ रन बनाइन् । यस्तै, सुमैया सुबोर्ना १० रनमा अविजित रहिन् । नेपालकी कुशुम गोदारले एक विकेट लिइन् ।

त्यसअघि टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन जोड्यो ।

नेपालका लागि सावित्री धामीले ११ रन बनाइन् । अन्य कुनै ब्याटरले नेपालका लागि दोहोरो अंकको स्कोर छुन सकेनन् । बंगलादेशका फरजाना इस्मिन, अनिसा सोबा, फाहोमिदा छोया र हाबिबा इस्लामले समान एकएक विकेट लिए ।

सुपर ४ को शीर्षस्थानमा रहेर भारतले फाइनलमा स्थान पक्का गरेको हो । भारतको ७ अंक जोड्दा बंगलादेशले ६ र नेपाल ४ अंक जोड्यो । श्रीलंकाले ३ अंक मात्र जोड्न सक्यो ।

उपाधिका लागि भने भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *