नेपाल र बंगलादेशबीचको खेल वर्षाले ढिलाइ, खेल रद्द भए नेपाल बाहिरिने 

भक्तपुर न्यूज

५ पुष २०८१ १२:१७

नेपाल र बंगलादेशबीचको खेल वर्षाले ढिलाइ, खेल रद्द भए नेपाल बाहिरिने 

काठमाडौं । यू–१९ महिला एसिया कप टी–२० क्रिकेटको सुपर फोरको दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्दैछ । मलेसियाको क्वालालम्पुरमा बिहान ११ः४५ बजेदेखि शुरु हुनुपर्ने खेल वर्षाका कारण शुरु हुन सकेको छैन ।

वर्षाले खेल हुन नसके रन रेटका आधारमा बंगलादेश फाइनलमा पुग्नेछ । दुवै टिमको चार अंक रहेका अवस्थामा निर्णायक हुनका लागि कम्तीमा पाँच पाँच ओभरको खेल हुनुपर्नेछ । फाइनलमा पुग्नका लागि नेपाललाई जित्नैपर्ने दबाब रहेको यो खेल पूरा हुन नसके बंगलादेशलाई फाइदा हुनेछ ।

भारत भने फाइनलमा पुगिसकेको छ । सुपर फोरका दुवै खेल जितेर भारत ७ अंकसहित फाइनलमा पुगेको हो । नेपालले बिहीबारको खेलमा श्रीलंकाविरुद्ध वर्षाले प्रभावित भएसँग अंक बाँडेको थियो । नेपालको समूहबाट नेपाल र भारत तथा अर्को समूहबाट श्रीलंका र बंगलादेश सुपर फोरमा पुगेका थिए ।

श्रीलंका ३ अंकसहित बाहिरिएको छ । समूह चरणमा नेपालले पाकिस्तानलाई हराएको थियो भने भारतसँग बराबरी गरेको थियो । त्यस्तै भारतले पाकिस्तानलाई हराएको थियो । अर्को समूहबाट मलेसिया दुवै खेल हारेर बाहिरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *