ओस्कार अवार्डबाट बाहिरियो ‘साम्बाला’

भक्तपुर न्यूज

३ पुष २०८१ १५:०९

ओस्कार अवार्डबाट बाहिरियो ‘साम्बाला’

काठमाडौं । चलचित्र ‘साम्बाला’ ओस्कार अवार्डको दौडबाट बाहिरिएको छ । नेपालबाट सिफारिस भएको चलचित्र ९७ औँ ओस्कार अवार्डबाट सर्टलिस्टमा नपरेपछि बाहिरिएको हो । मिनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘साम्बाला’ले श्रीमानको खोजीमा निस्कने गर्भवती महिलाको यात्राको कथा भन्छ ।

समुद्री सतहबाट चार हजार २०० देखि ६ हजार मिटरको उचाइमा खिचिएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा र कर्मा वांग्याल गुरुङको मुख्य भूमिका छ । ओस्कारको यो श्रृंखलाबाट भारतको चलचित्र ‘लापत्ता लेडिज’ पनि बाहिरिएको छ । अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा प्रतिस्पर्धामा रहेका नेपाल र भारतका चलचित्र नै बाहिरिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *