सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । गएको तीन दिनमा चार हजार पाँचसय रुपैयाँ बढेको सुनको भाउ आज स्थिर छ। गएको तीन दिनसम्म लगातार बढेको सुनको मूल्य आज (बिहीबार) स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको सोमबार तोलामा चारसय, मंगलबार दुई हजार एकसय र हिजो (बुधबार) तोलामा दुई हजार रुपैयाँ बढेको सुनको भाउ आज एक लाख ५४ हजार दुईसय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यही पनि सुनको मूल्य यही थियो।
आज चाँदीको मूल्य पनि हिजोकै यथावत छ। चाँदीको मूल्य आज एक हजार नौसय २५ रुपैयाँमै यथावत रहेको महासंघले जनाएको छ। विगत तीन दिनदेखि चाँदीको मूल्य भने घटबढ् भएको छैन। गएको सोमबारदेखि हिजोसम्म सुनको मूल्यमा चार हजार पाँचसय रुपैयाँ बढिसकेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
