काठमाडौं गुर्खाजका कप्तान करण केसी ‘प्लेयर अफ द म्याच’ घोषित

भक्तपुर न्यूज

२६ मंसिर २०८१ १६:५८

काठमाडौं गुर्खाजका कप्तान करण केसी ‘प्लेयर अफ द म्याच’ घोषित

काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गुर्खाजका कप्तान करण केसी ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । बुधबार भएको खेलमा टोलीलाई १८ रनले जिताउन ४ विकेट लिएका करणले ‘प्लेयर अफ द म्याच’ अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

काठमाडौंका स्टीफन एस्किनाजी ले ‘सुपर फोर’ को अवार्ड जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् । काठमाडौंकै गेहार्ड इरास्मसले ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेल ‘क्याच अफ द म्याच’ घोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *