जनकपुरको अपराजित यात्रामा ‘ब्रेक’, सुदूरपश्चिमसँग ७२ रनको लज्जास्पद हार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बाेल्ट्सकाे चार खेलकाे अपराजित यात्रा टुङ्गिएकाे छ । आज भएकाे खेलमा जनकपुर सुदूरपश्चिम राेयल्सँग ७२ रनले पराजित भयाे ।
सुदूरपश्चिमले दिएकाे १ सय २४ रनकाे लक्ष्य पछ्याएकाे जनकपुर १२ ओभर १ बलमा ५१ रनमा अलआउट भयाे । एनपीएलमा याे सबैभन्दा कम याेगफल हाे । यसअघि चितवन राइनाेजसँगकाे खेलमा पोखरा एभेन्जर्स ७४ रनमा समेटिएकाे थियाे । जनकपुरका जाेशआ ट्राेम्पले सबैभन्दा धेरै १३ रन बनाए । जनकपुरका अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका हरमीत सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले २/२ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे सुदूरपश्चिम राेयल्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनायाे । सुदूरपश्चिमका विनाेद भण्डारीले ३३ रन बनाए । जनकपुर बाेल्ट्सका किशाेर महताेले ४ विकेट लिए । एनपीएलमा आजकाे दाेस्राे खेलमा दिउँसाे १ बजे काठमाण्डाै गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् ।