लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

भक्तपुर न्यूज

२५ मंसिर २०८१ ११:३३

लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो।

लुम्बिनीका लागि रोहित पौडेले सर्वाधिक ८० रनको योगदान गरे। यसैगरी साद बिन जफरले ५२, अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए। चितवनका लागि रिजन ढकाल तीन, रञ्जितकुमा र कप्तान कुशल मल्लले समान एक/एक विकेट लिए।

जारी प्रतियोगितामा चितवनले यसअघिका चार मध्ये तीन खेलमा जित निकालेको छ। लुम्बिनी भने चारै खेलमा पराजित भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *