रवि लामिछानेलाई सरकारले अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गर्यो : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् । अदालतबाट दोषी ठहर नभएका व्यक्तिमाथि त्यसप्रकारको व्यवहार रोक्न उनले आग्रह गरे ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।’
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
