दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले भ्रमण प्रतिबन्ध भोग्नुपर्ने

भक्तपुर न्यूज

२४ मंसिर २०८१ १३:२३

दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले भ्रमण प्रतिबन्ध भोग्नुपर्ने

काठमाडौं । असफल सैनिक कानुन जारी गरेर चर्चामा आएका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले भ्रमण प्रतिबन्ध भोग्नुपर्ने भएको छ ।

राष्ट्रपति युनमाथि अनुसन्धान सुरु भएको सन्दर्भमा उनले कोरिया छाडेर अन्यत्र जान नपाउने भएको रोयटर्स र योन्हाप एजेन्सीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ । युनमाथि महाभियोग लगाउने प्रसंग कोरियामा चलिरहेको छ ।

राष्ट्रपति युनले दक्षिण कोरियामा राष्ट्रिय संकट सुरु भएको दाबी गर्दै राष्ट्रपति युनले अघिल्लो साता सैनिक परिचालन गरेका थिए । तर, संसद र ठूला पार्टीहरु नै विपक्षमा उभिएपछि उनको सैन्य शासन योजना असफल भएको थियो ।

दक्षिण कोरियामा राजनीतिक उतारचढाव सुरु भएसँगै रक्षामन्त्री र कतिपय उच्च अधिकारीहरुको राजीनामा आइसकेको छ । भ्रमण प्रतिबन्ध घोषणासँगै राष्ट्रपति युनले थप राजनीतिक संकट भोग्नुपर्ने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *